काठमाडौं । राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित सांसदले शपथ लिएका छन् । सिंहदरबारस्थित कानून न्याय तथा मानव अधिकार समितिको हलमा सांसदले पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नवनिर्वाचित सदस्यहरूलाई शपथ गराएका छन् । माघ ११ गते भएको निर्वाचनमा १८ जना नयाँ सांसद चुनिएका थिए।...