रास्वपा सभापति लामिछाने र अमेरिकी विशेष दूत गोरबीच भेटवार्ता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोर बिच भेटवार्ता भएको छ । शनिबार भएको भेटवार्तामा नेपाल र अमेरिकाबीच आपसी हितका विषयमा छलफल भएको जनाइएको छ ।
गोरले विशेषगरी द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ बनाउनेबारे छलफल भएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । नेपालको नयाँ सरकारसँग परिवर्तनका लागि अविश्वसनीय जनादेश रहेको र उनीहरूले घोषणा गरेका सुधारहरू निकै आशालाग्दा रहेको गोरले उल्लेख गरेका छन् ।
उनले सामाजिक सञ्जाल एक्स मार्फत भनेका छन, हामी आगामी दिनमा निकट रहेर काम गर्न तत्पर छौँ। बिहीबार साँझ काठमाडौं आई पुगेका गोरले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग समेत भेटवार्ता गरि सकेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले भने ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत गोरसँग भेटवार्ता नगर्ने बताएका छन् ।
