sevenstartv.com १२ जेठ २०८३, मङ्गलवार

कामीरिताले तोडे आफ्नै विश्व कीर्तिमान

३२ औं पटक सगरमाथाको सफल आरोहण

३ जेठ २०८३, आइतवार स्टार संवाददाता

काठमाडौं । विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२ औँ पटकको सगरमाथा आरोहण सफल रुपमा सम्पन्न गरेका छन् । सोलुखुम्बु जिल्ला थामेमा जन्मिएका ५६ वर्षीय शेर्पाले आज बिहान १०ः१२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्दै आफ्नै विश्व कीर्तिमानलाई तोड्न सफल भएका हुन् ।

उनी सेभेन समिट ट्रेकमार्फत चुचुरो चुम्न सफल भएका हुन् । सन् १९९४ मा पहिलो पटक सगरमाथा आरोहण सुरु गरेका शेर्पाले सन् २०२६ सम्म आइपुग्दा निरन्तर रूपमा विश्व पर्वतारोहण समुदायलाई प्रेरित गर्दै विश्व सामु नेपालको शिर उच्चो बनाएको सेभेन समिट ट्रेकले बताएको छ ।

कामी रिता शेर्पा केवलको अदम्य साहस, अनुभव र निरन्तरताले हरेक वर्ष नयाँ पुस्तालाई प्रेरणा दिइरहेको बारे विश्व जगतमा चर्चा चलेको छ । सुरक्षित अवतरणको कामना गर्दै सेभेन समिट ट्रेक कामिरिताको बेसे क्याम्पसम्मको यात्रा सफल र फलदायी रहोस भन्दै उनी सकुशल फर्किन शुभेच्छा व्यक्त गरेको छ ।

काठमाडौंमा पुनः स्वागत गर्न सेभेन समिट ट्रेक आतुर रहेको समेत जनाएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्