sevenstartv.com १ चैत २०८२, आइतवार

रवि लामिछाने अस्वस्थ

२९ फागुन २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने अस्वस्थ बनेका छन् । उनी अहिले घरमै बसेर आराम गरिरहेका छन् । 

लामिछानेलाई केही दिनदेखि ज्वरो आइरहेको छ । चेकजाँचका क्रममा पिशाबमा इन्फेक्सन देखिएको थियो । उनी नियमित औषधि सेवन गरिरहेका छन्, तर ज्वरो रोकिएको छैन । चिकित्सकले अझै एक–दुई दिन आराम गर्न सुझाीका छन् ।

भावी प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह हिजो लामिछानेलाई उनको निवासमै पुगेर भेटेका छन् । चुनावको नतिजापछि उनीहरुको पहिलोपटक भेट भएको हो । स्वकीय सचिव आचार्यका अनुसार नेताद्वयबीच वान टु वान कुराकानी भएको थियो ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्