sevenstartv.com २३ जेठ २०८३, शनिवार

रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

२१ जेठ २०८३, बिहिवार स्टार संवाददाता

रोल्पा । रोल्पाको माडी गाउँपालिका–२ घर्तीगाउँस्थित कालापहर क्षेत्रमा सहिद मार्गअन्तर्गत घर्तीगाउँ–व्याङखोला सडकखण्डमा बिहीबार बिहान बोलेरो डबल क्याब दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले दुर्घटनामा २ जना पुरुष र १ महिलाको मृत्यु भएको बताएका छन् ।

मृतकहरूको सनाखतको प्रयास भइरहेको उनको भनाई छ । बिहीबार बिहान करिब ८ बजेतिर गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

सम्बन्धित समाचार