sevenstartv.com १२ वैशाख २०८३, शनिवार

धुमधामका साथ मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस

२ वैशाख २०८३, बुधवार स्टार संवाददाता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा आज टुँडिखेलमा भब्य समारोहका बिच प्रथम अन्तर्राष्ट्रिय आरोग्य (वेलनेस) दिवस मनाइएको छ । उक्त कार्यक्रममा सभामुख डोलप्रसाद अर्याल, पर्यटनमन्त्री खडकराज पौडेल लगाएत विभिन्न संघ–संस्था तथा सरकारी निकायका व्यक्तिहरू बाक्लो उपस्थिती रहेको थियो ।

समग्र स्वास्थ्य, सुख र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघको महासभाले १५ अप्रिललाई अन्तर्राष्ट्रिय आरोग्य दिवसका रूपमा घोषणा गरेको हो । यो दिवस नेपालको अगुवाइमा यसै वर्षदेखि विश्वका विभिन्न देशमा मनाइँदै आएको छ । हरेक वर्ष आरोग्य दिवस मनाउन नेपालले गरेको प्रस्तावलाई महासभाले गत २६ फागुनमा अनुमोदन गरेको थियो।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्