sevenstartv.com २१ जेठ २०८३, बिहिवार

सुनको मूल्यमा सामान्य गिरावट आउँदा चाँदीको मूल्य बढ्यो

१८ जेठ २०८३, सोमवार स्टार संवाददाता

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीमा सामान्य बृद्वी भएको छ । सरकारको बजेट भाषण पश्चात आइतबार ह्वातै बढेको छापावाल सुनको मूल्य सोमबार भने तोलामा २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुनको मूल्य तोलामा २० हजार ५०० रुपैयाँले बढेर प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । भने सोमबार सुनको मूल्य प्रतितोला ३ लाख १० हजार ९०० रुपैयाँ कायम भएको छ ।

यस्तै, सोमबार चाँदीको मूल्य १० रुपैयाँले बढेर तोलाको ५ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी गराएको छ । आइतबार चाँदी ३०५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार

यो पनि पढ्नुहोस्