कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२ र ८३ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम आज (विहिबार) सार्वजनिक गर्ने काार्यतालिका रहेको छ । कोशीको बजेट अधिवेशन बुधबारदेखि सुरु भएसँगै सो बैठक आज पनि बस्ने भएको हो ।
विहिबारका लागि बस्ने दोस्रो बैठकमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत हुन कार्यक्रम रहेको छ । दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
हिक्मतकुमार कार्कीको नेतृत्वको सरकारले कृषि, पर्यटन, पूर्वाधार र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार पारेको बताइएको छ । नीति तथा कार्यक्रमलाई आधार मानेर सरकारले आगामी असार १ गते आर्थिक वर्ष २०८३ र ८४ को वार्षिक बजेट ल्याउने तयारी गरेको छ ।
