sevenstartv.com १३ वैशाख २०८३, आइतवार

कृषि मन्त्री डा. मदनप्रसाद परियारले गरे १ सय दिनमा गरेका १ सय कामको सूची सार्वजनिक

१५ पुष २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले १ सय दिनमा गरेका १ सय कामको सूची सार्वजनिक गरेका छन् । 

यस अवधिमा निरन्तर प्रयासबाट कृषि र आम किसानसँग प्रत्यक्ष जोडिएका कृषि तथा पशुपन्छीजन्य उत्पादन प्रवद्र्धन र बजारीकरण, प्रविधि प्रसारण र अनुसन्धानसँग सम्बन्धित नीतिगत तथा व्यवस्थापकीय सुधार तथा कार्य सम्पादन भएको मन्त्री परियारले बताएका हुन् । देशका विभिन्न स्थानमा किसानको खेतबारीमै पुगेर भेटघाट तथा छलफल मार्फत किसानका समस्या बुझी कतिपय समस्या तत्काल समाधान गरिएको पनि उनले उल्लेख गरे ।

मन्त्री परियारले छोटो अवधिमा मलखादको आपूर्ति, भुक्तानीको समस्या, बजार व्यवस्थापन र नीतिगत सुधारमा चालेका प्रमुख कदमहरूलार्य प्रमुख प्राथमिकतामा राखेका छन् ।  वर्षौंदेखि पेचिलो बन्दै आएको उखुको मूल्य निर्धारणको विषयलाई यसपटक समयमै टुंगो लगाइएको छ । सरकारले उखुको न्यूनतम मूल्य ६२० रुपैयाँ तोक्दै ७० रुपैयाँ अनुदान थप गरी किसानलाई कुल ६९० रुपैयाँ दिलाउने सुनिश्चितता गरेको छ । साथै, उद्योगी र किसानबीचको विवाद सदाका लागि अन्त्य गर्न उच्चस्तरीय समिति पनि बनाइएको छ ।