sevenstartv.com १२ वैशाख २०८३, शनिवार

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा कायम रहेको सिन्डिकेट अन्त्य गर्ने सरकारको निर्णय

१७ चैत २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा कायम रहेको ‘सिन्डिकेट’ अन्त्य गर्ने निर्णय गरेको छ । मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा अबदेखि वैदेशिक रोजगारीमा जाने श्रमिकले नेपाल सरकारबाट स्वीकृत वा सरकारी स्वामित्वका स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराउन पाउने व्यवस्था गरिएको उल्लेख छ ।  


वैदेशिक रोजगार ऐन, २०६४ को दफा ७२ को उपदफा ९१० मा वैदेशिक रोजगारका लागि जाने कामदारले विदेश जानुअघि नेपाल सरकारबाट स्वीकृति प्राप्त स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराउनु पर्नेछ’  भन्ने व्यवस्था रहेको छ ।  त्यस्तै, विगत लामो समय देखि वैदेशिक रोजगारीमा जानेहरूका लागि छुट्टै स्वास्थ्य संस्था स्थापना गरेर सीमित संस्थामार्फत सिन्डिकेट मार्फत हुने गरेको थियो ।

 नयाँ सरकार आएसँगै वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणको सिन्डिकेट अन्त्य गर्दै मन्त्रालयले स्वास्थ्य परीक्षणका लागि थप सरकारी तथा स्वीकृत अस्पताललाई अनुमति दिने प्रक्रिया अघि बढाएको जनाएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्