sevenstartv.com २६ जेठ २०८३, मङ्गलवार

प्रधानमन्त्री कपमा बागमती र एपिएफको जित, मधेस र कोशी परजित

२७ चैत २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडाैं । बागमती प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार मधेश प्रदेशविरुद्ध ३५ रनको जित निकालेको छ ।

वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा बागमतीले प्रस्तुत गरेको २०९ रनको लक्ष्य पछ्याएको मधेश ३४.३ ओभरमा १७३ रनमै समेटियो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले ४८.४ ओभरमा सबै विकेट गुमाउँदै २०८ रनको योगफल तयार पारेको थियो । जितसँगै ८ खेलमा ८ अंक जोडेको बागमती पाँचौँ स्थानमा छ । पराजित मधेश ७ खेलबाट ९ अंकका साथ चौथो स्थानमा छ ।

त्यसैगरि आजै भएको अर्को खेलमा सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले अंक तालिकाको पुछारमा रहेको कोशी प्रदेशमाथि ५ रनको रोमाञ्चक जित निकालेको छ ।  एपिएफले दिएको २२६ रनको लक्ष्य पछ्याएको कोशीलाई अन्तिम ओभरमा ९ रन र अन्तिम तीन बलमा ६ रन चाहिएको थियो । तर एपिएफका अमरसिंह रौटेलाको चौथो बलमा विपिन महतोलाई लोकेश बमले रनआउट गरे ।

पाँचौ बलमा ज्ञानेन्द्र श्रेष्ठ बोल्ड हुँदा कोशी अन्तिम बल खेल्नअघि २२० रनमा अलआउट भयो पहिलो जित निकाल्ने अवसरबाट बञ्चित भयो ।  जितपछि एपिएफ आठ खेलबाट नौ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । कोशीले भने आठ खेलमा जित निकाल्न सकेको छैन भने अंक तालिकाको पुछारमा छ ।
०००

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्