निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको केन्द्रिय उपाध्यक्षमा सहदेव खड्का निर्विरोध निर्वाचित
काठमाडौं । सहदेव खड्का निर्माण व्यवसायी महासंघको १३औ अधिबेशनबाट लुम्बिनी प्रदेशको केन्द्रिय उपाध्यक्षमा निर्वाचित भएका छन् ।
सगुन कन्स्ट्रक्सनका सञ्चालक तथा लामो समयदेखि निर्माण क्षेत्रमा सक्रिय रहेका खड्का निर्विरोध निर्वाचित भएका हुन् । निर्माण व्यवसायीहरूको हकहित संरक्षण, पेशागत सुरक्षाको प्रत्याभूति र व्यवसायमैत्री वातावरण निर्माणलाई खड्काले आफ्नो मुख्य एजेण्डा बनाउदै आएका छन् ।
उनले पछिल्लो समय निर्माण क्षेत्रमा देखिएका चुनौतीहरू भुक्तानी ढिलाइ, नीतिगत अस्पष्टता, लागत वृद्धि र प्रशासनिक जटिलतालाई समाधान गर्न आवश्यक पहल गर्ने उल्लेख समेत गरेका छन् ।
