sevenstartv.com १२ जेठ २०८३, मङ्गलवार

डलर र युरोको विनिमयदरमा सामान्य वृद्धि

६ जेठ २०८३, बुधवार स्टार संवाददाता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर र युरोपियन युरोको मूल्यमा सामन्य वृद्धि भएको छ । मंगलबार १५३ रुपैयाँ ८६ पैसा खरिदर रहेको एक अमेरिकी डलरको मूल्य बुधबार १५४ रुपैयाँ १६ पैसा रहेको छ । यस्तै युरोपियन यूरोको खरिद मूल्य पनि मंगलबार १७८ रुपैयाँ ९५ पैसा रहेको थियो । आज भने एक युरोपियन युरो एकको खरिदमूल्य १७९ रुपैयाँ १२ पैसा रहेको छ । 

आज अमेरिकी डलर एक को विक्री मूल्य १५४ रुपैयाँ ७६ पैसा कायम गरिएको छ भने युरोपियन युरोको विक्री मूल्य १७९ रुपैयाँ ८२ पैसा तोकिएको छ । यस्तै युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०६ रुपैयाँ ६६ पैसा र बिक्रीदर २०७ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ । स्वीस फ्र्याङ्क एकको खरिददर १९५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९६ रुपैयाँ ५८ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ७४ पैसा तथा बिक्रीदर ११० रुपैयाँ १७ पैसा कायम गरिएको छ ।

क्यानेडियन डलर एकको खरिददर ११२ रुपैयाँ १४ पैसा र बिक्रीदर ११२ रुपैयाँ ५७ पैसा तोकिएको छ । सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ३३ पैसा र बिक्रीदर १२० रुपैयाँ ८० पैसा कायम गरिएको छ । जापानी येन १० को खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ । चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६५ पैसा र बिक्रीदर २२ रुपैयाँ ७४ पैसा रहेको छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ४१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४१ रुपैयाँ २४ पैसा तोकिएको छ भने कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ २९ पैसा र बिक्रीदर ४२ रुपैयाँ ४६ पैसा कायम गरिएको छ । थाई भाट एकको खरिददर ४ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४ रुपैयाँ ७४ पैसा रहेको छ । यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ९७ पैसा तथा बिक्रीदर ४२ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ।

मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ९१ पैसा कायम गरिएको छ । दक्षिण कोरियाली वन १०० को खरिददर १० रुपैयाँ २१ पैसा र बिक्रीदर १० रुपैयाँ २५ पैसा रहेको छ । स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६ रुपैयाँ ४८ पैसा तोकिएको छ । डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९७ पैसा र बिक्रीदर २४ रुपैयाँ ०६ पैसा कायम गरिएको छ ।

हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १९ रुपैयाँ ७६ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ५०२ रुपैयाँ ४८ पैसा तथा बिक्रीदर ५०४ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ भने बहराइन दिनार एकको खरिददर ४०८ रुपैयाँ ८० पैसा र बिक्रीदर ४१० रुपैयाँ ४० पैसा कायम गरिएको छ । ओमानी रियाल एकको खरिददर ४०० रुपैयाँ ४१ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ९७ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

रासस

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्