sevenstartv.com २६ जेठ २०८३, मङ्गलवार

गण्डकीमा फेरिए सबै मन्त्री

२ वैशाख २०८३, बुधवार स्टार संवाददाता

काठमाडौँ । गण्डकी प्रदेशमा सबै मन्त्रीहरु फेरबदल भएका छन् । मुख्यमन्त्री सुरेन्द्र पाण्डेको सिफारिसमा बुधबार नवनियुक्त मन्त्रीहरुको बुधबार पद तथा गोपनियताको शपथ  प्रदेश प्रमुख डिल्लीराज भट्टले गराएका छन् ।

नवनियुक्त मन्त्रीहरुमा ४ जना मन्त्री कांग्रेसले पाएको छ भने एमाले पनि चार वटै मन्त्रालय पाएको हो । पुनर्गठित मन्त्रिपरिषद्मा कांग्रेस कोटाबाट अर्थमन्त्री जित शेरचन र ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री नन्दप्रसाद न्यौपाने बनेका छन् । 


वन तथा वातावरण नम्डु गुरुङ बनेका छन् भने सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङ बन्न सफल भएकी छिन ।  एमालेबाट नवनियुक्त मन्त्रीमा गोविन्द बहादुर नेपाली  भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री, उद्योग तथा पर्यटन यशोदा रिमाल,  कृषि, भूमि व्यवस्था तथा सहकारी लक्ष्मण पाण्डे र स्वास्थ्य मन्त्री भीम कार्की मन्त्री बन्न सफल भएका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्