sevenstartv.com १६ जेठ २०८३, शनिवार

मधेश प्रदेशमा सत्ता साझेदारी : नवनियुक्त ६ मन्त्रीले लिए शपथ

१२ जेठ २०८३, मङ्गलवार स्टार संवाददाता

जनकपुर । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाबीच सत्ता साझेदारीमा सहमति भए पश्चात मंगलबार साँझ नव नियुक्त ६ जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मधेश प्रदेशका नवनियुक्त ६ मन्त्रीलाई प्रदेश प्रमुख सुरेन्द्र लाभले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिस उनीहरुले सपथ लिएका छन् । उक्त मन्त्री मण्डलमा एमालेबाट ४ जना मन्त्रीमा शारदा थापालाई श्रम तथा यातायात, मनोज सिंहलाई शिक्षा तथा संस्कृति मन्त्रालय, लखनदास तत्मालाई खेलकुद तथा समाज कल्याण र मोहम्मद समिरलाई भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

नेकपाबाट संसदीय दलका नेता युवराज भट्टराईलाई अर्थमन्त्रीमा नियुक्त गरिएको छ । भने स्वास्थ्यमन्त्री रहेका कांग्रेसका जंगीलाल रायलाई हटाएर त्यो ठाउँमा कांग्रेसकै सांसद नागेन्द्र शाहलाई स्वास्थ्यमन्त्री बनाइएको छ ।

सम्बन्धित समाचार

यो पनि पढ्नुहोस्