sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

चिकित्सक संघको अध्यक्षमा डा.बद्री रिजाल निर्वाचित

२२ वैशाख २०८३, मङ्गलवार स्टार संवाददाता

 काठमाडौं । नेपाल चिकित्सक संघको अध्यक्षमा डा. बद्री रिजाल निर्वाचित हुन सफल भएका छन् । संघको ३० औं कार्यकारिणीका लागि भएको निर्वाचनमा डा.अध्यक्ष निर्वाचित भएका हुन् । डा.रिजालले निकटतम प्रतिस्पर्धी डा.मंगल रावल भन्दा २५६ बढी मत प्राप्त गरि विजय हुन सफल भए ।

रिजालले ३१९६ मत पाउँदा डा. रावलले २९४० मत प्रप्त गरे । अध्यक्षका अर्को प्रतिस्पर्धी डा.नारायणप्रसाद भुसालले ८६९ मत प्राप्त गरे । त्यसैगरी बरिष्ठ उपाध्यक्षमा डा। सञ्जिव तिवारी विजयी भएका छन् । उनले ३०३६ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी डा.कीर्तिपाल सुवेदीले २३०२ मत प्राप्त गर। डा.अजय कुमार मिश्रले १४२१ प्राप्त गरे ।

महासचिवमा डा.विश्वराज दवाडी २७२२ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी डा.कालुसिंह खत्रीले २४२३ मत पाउँदा डा.अमृत भुसालले १६४६ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा हरुमा डा.रोशन खड्का(कोशी), डा.अमृत राजन मिश्र(मधेश), डा.सुवास भट्टराई (बागमती), डा.योगेशराज सिग्देल(गण्डकी), डा.नन्दा गुरुङ(लुम्बिनी), डा.रविन खड्का(कर्णाली) र डा.प्रमोद जोशी(सुदूर–पश्चिम) विजयी हुन सफल भएका छन।

सचिवमा डा.हुलास अग्रवाल विजयी भए भने कोषध्यक्षमा डा.तेजुसिंह मल्ल विजयी हुन सफल भए । सदस्यहरूमा डा.अमित झा, डा.राकेश साह, डा.पल्पसा श्रेष्ठ, डा.विना श्रेष्ठ, डा.सुमित काफ्ले र डा.शेषराज घिमिरे विजयी भएका छन् । चिकित्सक संघको नयाँ नेतृत्वका लागि काठमाडौं उपत्यकाबाहिर वैशाख ४ र ५ गते अनि काठमाडौं उपत्यकामा वैशाख १७ र १८ गते निर्वाचन भएको थियो ।

सबै गरी ७१०० मत खसेको थियो । यस पटक मुख्यतथा ३ प्यालन टिम बनाएर चुनावी मैदानमा उत्रिएका थिए । टिम बन्द्री, टिम मंगल र टिम रिफर्मको नाममा प्यानल बनाएर चुनावमा होमिएका थिए ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्