sevenstartv.com ९ माघ २०८२, शुक्रवार

सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा

३ पुष २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले पुस ४ गते प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । भुवा पर्वका अवसर पारेर प्रदेश सरकारले शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

यो पर्व पहाडका विभिन्न जिल्लासहित तराईमा पनि मनाइने गरिएको छ । विशेष गरेर बाजुरा, बझाङबाट बसाइँ सरेर तराई झरेकाले कैलाली, कञ्चनपुरमा यो पर्व मनाउने गरेका छन् । यस पर्वका अवसरमा प्रदेशभरका सरकारी तथा सार्वजनिक निकायमा बिदा दिइएको प्रदेश सरकारको राजपत्रमा उल्लेख छ ।

पुस महिनाको औँसीबाट भुवो पर्व सुरु हुने गरेको बताइएको छ । पिठोको टीका लगाएर खेल सुरु गरिने हुनाले भुवोको सुरुवातलाई ‘पिठाया’ भन्ने चलन रहेको छ । विभिन्न गाउँ गाउँमा गएर पिठाया लगाउँदै गाउँ गाउँमा भुवो नाच देखाउने चलन रहेको जनाइएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्