sevenstartv.com २१ मंसिर २०८२, आइतवार

माटो कृषि उत्पादनको प्रमुख माध्यम भएको मन्त्री परियारकाे भनाइ

१९ मंसिर २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । कृषि तथा पशुपन्छी बिकासमन्त्री डा. मदन परियारले माटो कृषि उत्पादनको प्रमुख माध्यम भएको बताएका छन् । शुक्रबार बाह्रौँ विश्व माटो दिवसका अवसरमा यस्तो बताएका हुन् । 

उनले भने, 'तीनवटै तहका सरकारको समन्वयमा माटो स्वास्थ्य सुधारका लागि घुम्ती माटो शिविर सञ्चालन, विषादीको समुचित प्रयोग केन्द्रित सचेतनामूलक माटो व्यवस्थापन र दिगो कृषिमा सम्झौता नगरी कृषि व्यावसायिकीकरण प्रवर्द्धनका कार्यक्रमहरु सञ्चालन भइरहेका छन् र आगामी दिनमा यस्ता कार्यक्रमलाई थप बढावा दिइनुपर्ने आवश्यकता रहेको छ ।'

संयुक्त राष्ट्र सङ्घको ६८औँ महासभाको निर्णयानुसार सन् २०१३ डिसेम्बर ५ देखि विश्व माटो दिवस मनाउन सुरुआत आएसँगै नेपालमा विसं २०७२ देखि विश्व माटो विवस मनाइँदै आएको छ ।

यो सँगै अव्यवस्थित सहरीकरण, पूर्वाधार निर्माण एवं औद्योगिकीकरणका कारण माटोमा पानी सोस्ने क्षमतामा ह्रास आएको तथा प्रदूषण वृद्धि भएको उनको भनाइ छ । त्यसबाट उत्पादन र उत्पादकत्वमा ह्रास आउनाका साथै ग्रामीण तथा सहरी वातावरणीय सन्तुलनमा समेत गम्भीर चुनौती सृजना हुने उनले बताए । खेती धेरै हुने गाउँको माटो जस्तै सहरको माटो समेत स्वस्थ हुनु पर्यावरणीय दृष्टिकोणले उत्तिकै महत्वपूर्ण छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्