sevenstartv.com १९ वैशाख २०८३, शनिवार

भन्सारमा राम्रो गरेको देखाउने नाममा नागरिकलाई दुख दिन मिल्दैन : गगन थापा

१८ वैशाख २०८३, शुक्रवार स्टार संवाददाता

काठमाडौं । सुशानका नाममा सरकार जनता प्रति दिन प्रतिदिन निरिह बन्दै गएको नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आरोप लगाएका छन् । उनले नेपाल–भारत सीमा क्षेत्रमा भन्सारमा कडाइ गर्दा सीमा वरिपरि बस्ने नेपाली नागरिकले भोग्नुपरेको समस्याका बारेमा सदनबाट सरकारको ध्यानाकर्षण गराइने जानकारी गराका छन् ।

शुक्रबार पार्टी कार्यालय सानेपामा पार्टीको ग्रिन टेबलको पहिलो शृङ्खलालाई सम्बोधन गर्ने क्रममा सभापति थापाले भन्सारमा कडाइ गर्दा सीमा वरिपरि बस्ने नागरिकहरूको दैनिक जीवनयापनमा अत्याधिक समस्या देखिएको भन्दै यसबारे सदन र विभिन्न माध्यमबाट सरकारको ध्यानाकर्षण गराउनु पर्नेमा जोड दिएका छन्।

भन्सारमा कडाइ गर्दा स्थानीय नागरिकमाथि सुरक्षाकर्मीबाट हुने गलत व्यवहारले आत्मसम्मानमाथि चोट पुगेको देखिएको स्पष्ट पार्दै भन्सारमा कडाइ गर्दा व्यवहारिक पक्षलाई पनि ख्याल गर्नुपर्नेमा जोड दिएका छन् । सभापति थापाले भन्सारमा राम्रो गर्ने नाममा नागरिकलाई अनावश्यक दुख दिने जस्ता नचाहिने कुराहरूमा हात हाल्ने काम नगर्न सरकारलाई सुझाव दिएका छन् ।

जनताको सवालमा सरकारले ध्यान नदिएको उल्लेख गर्दै सभापति थापाले भने, अहिले जनताले उठाएका प्रश्न र गुनासालाई सुन्न सरकार तयार हुनुपर्छ, सिमानाको छेउमा बस्ने नागरिकहरूलाई अपराधी जस्तो गरी काम गर्नु उचित हुँदै होइन, हरेक नागरिकको मौलिक हक, अधिकार सुनिस्चितताका लागि सरकार गम्भिर हुनु जरुरी छ ।

सीमामा हुने गरेको अव्यवहारिक कुराहरूलाई सधैँको लागि बन्द गर्नुपर्ने कुरामा जोड दिँदै उनले कांग्रेस सरकारमा नै भएका बेला सय रुपैयाँ भन्दा बढीका सामानमा कर लगाउने काममा जोड दिँदा आफूहरूकै दबाबमा सरकार पछि हट्नु परेको बताए । सरकारले जनताले दिएको जनमतको कदर गर्न नसकेको उनको आरोप छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्