sevenstartv.com १३ असार २०८३, शनिवार

बिहानैदेखि कपन क्षेत्रमा चल्यो डोजर

२० वैशाख २०८३, आइतवार स्टार संवाददाता

काठमाडौँ । सरकारले सुकुमबासी तथा नदी क्षेत्र दोहन गरेर बसोवास गरि रहेको स्थानहरुलाई खालि गर्ने कार्यलाई थप तिव्रता दिएको छ ।

सुकुमबासी तथा नदी क्षेत्र आसपासका बस्तीमा सरकारले बेशाख १२ गते उता निरन्तर डोजर चलाइरहेको छ । यसै क्रममा आइतबार पनि सो काईले निरन्तरता पाइरहेको छ ।

आइतबार बिहानैदेखि कपन क्षेत्रको अतिक्रमित बस्तीमा डोजर चलेको हो । सरकारको निर्देशनमा यसअघि शनिबार बालाजु, स्वयम्भू क्षेत्रको बस्तीमा डोजर चलेको थियो भने पहिलो चरणमा सरकारले थापाथली,गैरी गाउँ लगायतका क्षेत्रमा रहेका सुकुमबासी बस्ती हटाएको थियो। 

यो पनि पढ्नुहोस्