sevenstartv.com २१ फागुन २०८२, बिहिवार

आकाश र करुणा अभिनित प्रज्वल कार्कीको 'रहेन केही' (भिडियो)

२० माघ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन ६ मा निकै चर्चा कमाउन सफल प्रज्वल कार्कीको गीत 'रहेन केही' सार्वजनिक भएको छ ।

मिलन भट्टराईको शब्द अनि प्रज्वल र मिलनको संगीत रहेको गीतमा अनमोल थापाको एरेन्ज रहेको छ । लोकप्रिय जोडी अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री करुणा श्रेष्ठ अभिनित गीतको म्युजिक भिडियोमा प्रेम र धोका देखाउन खोजिएको छ ।

भिडियोलाइ निकेश खड्काले निर्देशन गरेका हुन् । दिनेश पराजुलीको छायांकन र विकाश धमलाको सम्पादन रहेको भिडियोलाई गीतकार मिलन भट्टराईको अफिसियल च्यानल ( Milan Bhattarai Official ) मार्फत सार्वजनिक भएको हो।

काठमाडौंँ रहेर आफनो सांगीतिक यात्रालाई अगाडी बढाई रहेका डडेल्धुराका उदयमान गायक कार्कीको यसअघि पनि एउटा गीत सार्वजनिक भैसकेको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्