sevenstartv.com ११ जेठ २०८३, सोमवार

गोरखामा यार्सागुम्बा सङ्कलनमा गएका युवाको भिरबाट लडेर मृत्यु

९ जेठ २०८३, शनिवार स्टार संवाददाता

गोरखा । यार्सागुम्बा सङ्कलन गर्नका लागि गएका गोरखाका एक जना युवकको भिरबाट लडेर निधन भएको छ ।

आफ्ना दाजुभाइसँग यार्सा टिप्न गएका चुमनुब्री गाउँपालिका–३ पाङसिङका २५ वर्षीय प्रकाश गुरुङको भिरबाट लडेर निधन भएको गोरखा प्रहरीले जनाएको छ ।

बुद्ध हिमालको फेदबाट यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा गत बुधबार भिरबाट लडेर निधन भएको प्रहरी स्रोतले जनाएको छ ।

प्रकाशको शव गाउँमा ल्याएर शुक्रबार गुरुङ परम्पराअनुसार अन्त्येष्टि गरिएको बताइएको छ । आफ्नै घरका चार दाजुभाई यार्सागुम्बा टिप्न गएका गएकोमा  प्रकाश अघिअघि हिँडेको परिवार स्रोतले जनाएको छ ।

साँझमा बास बस्ने ठाउँमा नभेटेपछि बासको खोजीमा भौतारिदाँ लडेर मृत्यु भएको र राति ग्ल्यासियरमा शव फेला परेको प्रहरीको भनाई छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्