sevenstartv.com १२ वैशाख २०८३, शनिवार

सुकुमवासी संघर्ष समितिका प्रतिनिधिले रास्वपालाई बुझाए ध्यानाकर्षण पत्र

११ वैशाख २०८३, शुक्रवार स्टार संवाददाता

काठमाडौं । सरकारले काठमाडौंको अतिक्रमित सुकुमवासी बस्ती हटाउन अल्टिमेटम दिएपछि त्यहाँ बसोबास गरिरहेकाहरू स्थानीयले विरोध गरेका छन् । विरोध प्रदर्शनका क्रममा डोजर आतंक बन्द गर, सुकुमवासी आवासको हक अधिकार सुनश्चित गर, निरंकुश सरकार चाहिँदैन लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका स्थानीयले रास्वपाको ध्यानाकर्षण गराएका छन् ।

सुकुमवासी संघर्ष समितिको तर्फबाट रास्वपा केन्द्रीय कार्यालय बनस्थलीमा पुगेर ध्यानाकर्षण पत्र बुझाइएको हो । केन्द्रीय कार्यालयमा पुगि उनीहरूले रास्वपाका केन्द्रीय सदस्य खेमराज साउदलाई ध्याकर्षण पत्र बुझाएका हुन् । सरकार एकतर्फी ढंगले जबरजस्त रुपमा अघि बढ्न खोजे प्रतिकार गर्ने चेतावनीसमेत दिएको छ ।

ध्यानाकर्षण बुझाएर फर्किएका सुकुम्वासीका एक प्रतिनिधिले भने, ‘सरकारले सुकुमवासी बस्ती हटाउने भनेपछि यहाँ बस्तीमा बस्दै आएकाहरू अहिले बनस्थलीस्थित रास्वपाको पार्टी कार्यालय घेराउमा आएका हौं ।

उनले सरकार स्वेच्छाचारी ढंगले अघि बढेको आरोप लगाउँदै यसबारे ध्यानाकर्षण गराएको जानकारी गराएका छन् । सरकारले आफ्ना हिसावले सुकुमवासी वस्तीमा आतकिंत पारेको उनको भनाई छ । उनका अनुसार ध्यानाकर्षण पत्र बुझ्दै केन्द्रीय सदस्य साउदले मानव अधिकार उल्लंघन हुने गरी काम नगर्ने र पार्टीको तर्फबाट सरकारमा रहेका नेताहरूले पनि यसमा ध्यान दिने छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्