sevenstartv.com ११ जेठ २०८३, सोमवार

देउवा पक्षको कर्णाली भेला सुर्खेतमा

राजनीतिक रूपमा चुनौती दिने उद्देश्य

२ जेठ २०८३, शनिवार स्टार संवाददाता

सुर्खेत । नेपाली कांग्रेस भित्रको चरम विवाद एक पछि अर्को गर्दै छताछुल्ल हुन थालेको छ । कांग्रेसका नेताहरु आफु केन्द्रित स्वार्थमा केन्द्रित हुँदाको कांग्रेसको साखलाई कस्ले जोगाउला भन्ने चिन्ता र चासोको विषय बन्न पुगेको छ । विशेष महाधिवेशनबाट चुनिएको नेतृत्वले कांग्रेस सम्हालेुर मैदानमा उत्रिए पछि विवाद न्यूनिकरण हुनुको साटो झन सतहमा आएको छ ।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का तीन दिनदेखि सुर्खेतमा छन् । कांग्रेसभित्र सभापति शेरबहादुर देउवा निकट समूहको नेतृत्व गरिरहेका खड्काले शनिबार आयोजना हुने प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै छन् ।

यसअघि वैशाख २८ र २९ गते कांग्रेसका सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेल लगायतका नेताले कर्णालीमा प्रदेशस्तरीय भेला गरेका थिए ।

सो कार्यक्रम लगतै देउवा समूहको यो भेला उक्त कार्यक्रमलाई राजनीतिक रूपमा चुनौती दिने उद्देश्यसहित आयोजना गरिएको बताइएको छ । १४औँ महाधिवेशनमा देउवा समूहको प्रभाव रहेको कर्णाली प्रदेश कार्यसमितिको आयोजनामा हुन लागेको उक्त भेलाको संयोजनको जिम्मेवारी कर्णालीका पूर्वमुख्यमन्त्री जीवन शाही लाई दिइएको छ ।

पार्टीको ‘बृहत् एकता’ अभियानलाई अघि बढाउने भन्दै देउवा समूहले विभिन्न प्रदेशमा भेला आयोजना गरिरहेको छ । सोही अभियानअन्तर्गत कर्णाली प्रदेशमा भेला आयोजना गरिएको हो । खड्काको गृह जिल्ला सुर्खेतमा हुने भेलामा व्यापक सहभागिता देखाउन कार्यकर्तालाई सर्कुलर समेत गरिएको छ । कार्यक्रमभन्दा दुई दिनअघि नै सुर्खेत पुगेका खड्काले कार्यकर्ता भेटघाटलाई तीव्रता दिएका छन् । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्