नेपालमा मिचाहा प्रजाति ठूलो समस्याको रुपमा देखिएको मन्त्री परियारकाे तर्क
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. मदनप्रसाद परियारले नेपालमा मिचाहा प्रजाति ठूलो समस्याको रुपमा देखिएको बताएका छन् ।
शुक्रबार ललितपुरमा आयोजित प्रथम वाह्य मिचाहा प्रजाति व्यवस्थापन राष्ट्रिय सम्मेलन, २०८२ लाई सम्बोधन गर्दै उनले नेपालका सुन्दरतम तालतलैयाहरु र पर्यावरणमा मिचाहा प्रजातिले ठूलो असर गरेको उल्लेख गरेका हुन् ।
चरणक्षेत्रहरुमा गन्धेझारहरुले वस्तुभाउको बासस्थान ध्वस्त पारेको र राष्ट्रिय निकुञ्ज तथा आरक्षहरुमा फैलिएको वनमारा तथा लहरे वनमारा, जंगली सिलाम आदिले वन्यजन्तुको आश्रयस्थल नोक्शानी गर्नुका साथै बासस्थान नोक्शानी गरेको जिकिर गरे । जसले वन्यजन्तु संरक्षित क्षेत्र भन्दा बाहिर आइ मानव—वन्यजन्तु द्वन्द्व बढेको उनले बताए ।

.gif)