सामूहिक निर्णय सहित सदनमा जादैछन् विपक्षी दल
प्रधानमन्त्रीको विवादित अभिव्यक्ति बारे सामूहिक रणनीति छलफल हुँदै
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कांग्रेसले विपक्षी दलहरूको बैठक आवह्न गरेको छ । प्रमुख प्रतिपक्ष दलका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अगुवाइमा सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मध्याह्न १२ बजेका लागि बैठक बोलाइएको हो ।
आइतबार संसदमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘नेपालले भारतको थुप्रै ठाउँमा सीमा मिचेको’ भन्दै दिएको विवादित अभिव्यक्तिबाट उत्पन्न भएको परिस्थिति र सामूहिक रणनीतिबारे छलफलका लागि आङ्देम्बेले बैठकको आवह्न गरेको जनाएका छन्को छ ।
बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुलाई छलफलका लागि बोलाइएको छ । दिउँसो १ बजेदेखि बस्ने प्रतिनिधिसभा बैठकमा के(कसरी प्रस्तुत हुने भन्नेबारे विपक्षी दलले स्पष्ट खाका तयार गर्न र सामूहिक निर्णय सहि संसदमा प्रस्तुत हुन छलफल डाकिएको नेता आङ्देम्बेले बताएका छन् ।


















