टिआरसी विधेयकलाई पीडित र अन्य सरोकारवाला पक्षले पनि स्वागत गर्ने विश्वास छ : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदबाट पारित हुन लागेका टिआरसी विधेयकलाई पीडितसहित अन्य सबै सरोकारवालाले पनि स्वागत गर्ने विश्वास व्यक्त गरेका छन् ।
संसदमा धारणा राख्दै उनले ‘नेपालको शान्ति प्रक्रियाको कामलाई अन्ताराष्ट्रिय समुदायले पनि नजिकबाट नियालिरहेका बताएका हुन् । सबैलाई ध्यानमा राख्दै यसलाई अन्तिम निष्कर्षमा पुर्याउँदै छौं’, उनले भने‚ ‘यसलाई पीडित र अन्य सरोकारवाला पक्षले स्वागत गर्छन् भन्ने विश्वास छ ।’
एउटा महत्त्वपूर्ण कामका लागि फेरि सबै दलहरू एक ठाउँ आएको सभापति देउवाले बताएका छन् । सक्षम आयोगहरू गठन आवश्यक भएको उनले बताए ।
