प्रतिपक्षी दल चुके डेमोक्रेसी लर्खराउँछ : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सार्वजनिक जिम्मेवारीमा रहेर काम गरि रहेका व्यक्तिहरूले इमानदारिता पूर्वक काम गर्नु पर्नेमा जोड दिएका छन् ।
काठमाडौँमा शनिबार आयोजित नेता दमन पाख्रिनको जीवनीमा आधारित पुस्तक विमोचन तथा स्मृति कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले पार्टी र आफ्नो नेतृत्वमा रहेको सरकार दुवै तहमा जिम्मेवारीबोध आवश्यक रहेको स्पष्ट पारेका छन् । पार्टीभित्र बृहत्तर एकताको आवश्यकता औँल्याउँदै सभापति थापाले नेतृत्वको हैसियतले सबैलाई समेट्न आफू उदार र लचिलो हुन तयार रहेको जानकारी गराएका छन् ।
सभापति थापाले जिम्मेवारी बहन गर्दै गर्दा कोहि इमानदारिता बाट डगमगाए कुनै पनि सम्झौता नहुने उल्लेख गरका छन् । उनले प्रतिपक्षी दल कुनै हालतमा चुक्न नहुने स्पष्ट पार्दै प्रतिपक्षी दल चुकेको खण्डमा डेमोक्रेसी लर्खराउँने बताएका छन्।
। सभापति थापाले सार्वजनिक पदमा रहेका कुनै पनि व्यक्तिले आर्थिक अनियमितता गरेको खण्डमा आफुलाई स्वीकार्य नहुने जानकारी गराएका छन् ।
उनले भने, ‘कांग्रेसको एकजना पनि वडाध्यक्षले, एकजना पनि कुनै गाउँपालिकाको अध्यक्षले, कुनै मेयरले, कसैले पनि पार्टीको हामी प्रत्यक्ष सदस्यले लेवी तिर्दै छौँ। सांसदका लागि पनि पार्टीको सामान्य लेवी छ। म अहिले पार्टी सभापति छु, पार्टी सञ्चालन गर्नको लागि भनेर १ रुपैयाँ पैसा पनि पार्टीको खातामा कसैले हाल्नु पर्दैन। स्थानीय सरकारदेखि प्रदेश सरकारसम्म सार्वजनिक जिम्मेवारीमा बसेको कुनै पनि व्यक्तिले १ रुपैयाँ, एक सुका पनि तलमाथि गरेको कुरा एक्सेप्टेबल हुँदैन।’
सभापति थापाले समाजमा स्थापित गर्न खोजिएको ‘पुरानो हुनु भनेको खराब हुनु हो’ भन्ने भाष्य राष्ट्र र समाजका लागि घातक हुने बताएका छन् । थापाले नेपाली कांग्रेसको विरासत दमन पाख्रेल, दुर्गानन्द झा, रामनारायण मिश्रजस्ता योद्धा र विद्रोहीहरूको बलिदानीपूर्ण इतिहासमा अडिएको उल्लेख गर्दै यसको जगेर्ना गर्ने मुख्य जिम्मेवारी पार्टीकै भएको स्पष्ट पारे ।
सभापति थापाले स्थानीय सरकार, प्रदेश सरकार ठिक ढङ्गले चलाउने कुरालाई ध्यान ध्यचनमा राखेर सबैले कामम गर्नु पर्नेमा जोड दिएका छन्। अहिलेको अवस्थामा संघीय संसद्मा प्रमुख प्रतिपक्षी दल कांग्रेस भएकाले सरकारलाई निगरानी गर्ने र आवश्यक परे सहयोग गर्ने दुवै जिम्मेवारी रहेको उनको भनाई छ ।
सभापति थापाले अहिले सरकारले रवैया देखाइरहेको टिप्पणी गरेका छन् । अर्को हप्ताबाट करिब २०–२५ दिन प्रदेशमा पुगेर बजेट, नीति–कार्यक्रमलगायतको विषयमा छलफल गर्ने उनको भनाई छ। उनले थपे, ‘कांग्रेसको आजको दिनको सबैभन्दा पहिलो प्राथमिकता भनेको यसको राष्ट्रप्रति को केही जिम्मेवारी छ। आज हामी संघको प्रमुख प्रतिपक्षी दल हो। सरकारको जति जिम्मेवारी हुन्छ, त्यत्तिकै प्रतिपक्षी दलको पनि हुन्छ।
