sevenstartv.com १७ वैशाख २०८३, बिहिवार

विशेष महाधिवेशनका कारण पार्टी एकता कमजोर भएको शेखर समूहको दावी

१७ वैशाख २०८३, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बोलाएको आफ्नो समूहको बागमती प्रदेशका नेताहरूको भेला बालुवाटारमा सहभागि भएका धेरैजसो नेताहरूले विशेष महाधिवेशनकै कारण पार्टी एकता कमजोर भएको औल्एका छन्। नेता कोइरालाले पार्टी र देशका राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा बनाउनका लागि राय लिन बिहीबार बालुवाटारको ओपेरा होटलमा बोलाएको छलफलमा बोल्नेहरूमध्ये अधिकांश नेताहरुले पार्टीभित्रको विवादका कारण एकता कायम हुन नसकेको निर्कोल निकालेका छन् ।

पार्टीभित्र सिर्जित पछिल्लो विवादको कारण विशेष महाधिवेशन नै रहेको औल्याउँदै सहभागी नेताहरुले विशेष महाधिवेशनकै कारण पार्टीभित्र एकता कामय हुन नसकेको निश्कर्ष निकालेको छ । यस्तै अहिलेको अवस्थामा पार्टी एक बनाएर लैजाने सम्पूर्ण जिम्मेवारी सभापति गगन थापाको काँधमा आएको नेताहरूको भनाई छ । उक्त छलफलमा बोल्ने नेताहरूले केन्द्रीय कार्यसमितिले आह्वान गरेको क्रियाशील सदस्यता अद्यावधिकको विषयमा पनि प्रश्न उठाएका छन् ।

नेताहरूले १५ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण भइसकेको अवस्थामा पुनः अद्यावधिक गर्ने कुरा असल नियतका साथ नआएको भन्दै प्रश्न उठाएका थिए ।

छलफलमा डा. शशांक कोइराला, बलबहादुर केसी, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, दीपक गिरी, सञ्जय गौतम, शिव हुमागाईँ, राजीव कोइराला, टेकप्रसाद गुरुङ, उमेशजंग रायमाझी, डा. गोविन्दराज पोखरेल, किरण यादव, गणेश लामाको सहभागीता रहेको थियो। साथै संघीय सांसद डा. चन्द्रमोहन यादव, उर्मिला थपलिया र गीता देवकोटाको समेत सहभागीता रहेको थियो ।

यस्तै कांग्रेस बागमती प्रदेश समिति महामन्त्री राजु श्रेष्ठ, सहमहामन्त्री जीवन डंगोल, सदस्यहरू उपेन्द्र लम्साल, शान्ता क्षेत्री, होम चौलागाईँ, नानु दाहाल, सुनिता काफ्ले, अस्मिन सिटौला सहभागीता रहेको थियो । यस्तै धादिङका जिल्ला सभापति रामनाथ अधिकारी, नुवाकोटका जिल्ला सभापति सभापति रमेश महत, चितवन जिल्ला सभापति राजेश्वर खनाल, मकवानपुरका जिल्ला उपसभापति धर्म लामिछाने, सिन्धुलीका जिल्ला सचिव ईश्वर बस्नेत, काठमाडौं महानगर सभापति निलकाजी शाक्यको सहभागीता रहेको जनाइएको छ ।

साथै बागमती प्रदेश सांसद रामकृष्ण चित्रकार र हरिप्रभा खड्गी, पूर्व प्रदेश सांसद नरोत्तम वैद्य र बिजुला बर्मा, कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोल, तरुण दलका पूर्व केन्द्रीय सभापति विनोद कायस्थ, नेता लोकेश ढकाललगायत १२३ जना सहभागी रहेको कोइरालाको सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्