सुनको मूल्यमा गिरावट, चाँदीको मूल्य बढ्यो
नेपाली बजारमा आज सुनको भाउ घटेको छ भने चाँदीको मूल्यमा बृद्दी भएको छ । सुनको मूल्यमा तोलामा १ हजार रुपैयाँले गिरावट आउँदा चाँदी भने ६५ रुपैयाँले बृद्दी भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १०० रुपयाँ पुगेका छ भने, त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार १० रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार प्रति तोला छापावाल सुन २ लाख ९६ हजार १०० रुपयाँमा कारोवार भएको थियो भने, सोहि परिमाणको चाँदी ४ हजार ९४५ रुपैयाँमा कारोवार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ७५० र सोहि परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
