sevenstartv.com १९ वैशाख २०८३, शनिवार

बिहानैदेखि स्वयम्भु क्षेत्रमा चल्यो डोजर

१९ वैशाख २०८३, शनिवार स्टार संवाददाता

काठमाडौं । सरकारले चलाएको डोजर आतंक आज ( शनिबार) पनि चलिरहेको छ । बिहानैदेखि काठमाडौंको स्वयम्भु क्षेत्रमा पनि सरकारी जमिन अतिक्रमण गरेर बनाइएका संरचनाहरू भत्काउन सुरू गरिएको छ । संघीय राजधानीमा रहेका सुकुमवासी बस्ती भत्काउने अभियानअन्तर्गत सरकारले शनिबार बिहान स्वयम्भु क्षेत्रका बस्तीमा पनि डोजर चलाएको हो ।

सरकारले शनिबार बिहानैदेखि स्वयम्भुसँगै अन्य क्षेत्रमा रहेका सरकारी जमिनमा निर्माण भएका संरचनाहरू पनि भत्काइरहेको छ । यसअघि शुक्रबार बल्खु, बालाजु, शंखमुल, वंशीघाटलगायतका सुकुमवासी बस्तीका घर–टहरा भत्काएको थियो ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्