रास्वपा सचिवालय बैठक : महाधिवेशन कार्यविध, विधान संशोधनका बारेमा छलफल हुने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने भएको छ । बैठकमा मुल एजेण्डा आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखाबारे छलफल हुने जनाइएको छ ।
पार्टी प्रवक्ता मनिष झाले बैठकमा निर्वाचनको तयारीका साथै महाधिवेशन कार्यविधि र संसदीय दलको विधान संशोधनका विषयमा छलफल गर्नृे कार्यसूचीमा राखिएको बताएका छन् । संघिंय निर्वाचनमा बहुमत ल्याउन सफल भए पछि स्थानिय तहमा कसरी व्यवस्थित तरिकाले अघि बढ्न सकिन्छ भन्ने रास्वपाको मुल उद्देश्य रहेको प्रवत्ता झाले बताएका छन् ।
रास्वपाले आगामी स्थानीय तहको उपनिर्वाचन र संगठन विस्तारलाई प्राथमिकतामा राख्दै आन्तरिक छलफललाई तीव्रता दिएको उनको भनाई छ । आज ( आईतबार) हुने सचिवालय बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम र समसामयिक परिस्थितिबारे ‘विविध’ शीर्षकअन्तर्गत छलफल हुने जनाइएको छ।
बैठकको गम्भीरतालाई ध्यानमा राख्दै सभापति रवि लामिछानेले सबै सचिवालय सदस्यलाई अनिवार्य रुपमा उपस्थित हुन निर्देशन दिएका छन् ।
