sevenstartv.com १९ वैशाख २०८३, शनिवार

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति गगनको आपत्ति

१८ वैशाख २०८३, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति आपत्ति जनाएका छन् । नेपाल ट्रेड युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले सरकारको रवैया दिन प्रतिदिन बढ्दै गएको र सरकारले प्रक्रियामा नभइ मनोपोली हिसाबले अध्यादेश ल्याएको बताएका छन् ।

नयाँहरुले के के न काम गर्छु भनेर आए पनि उनीहरुले आफु खुसी काम गर्न थालेको बताए । उनले भने, कानुनले शासन गर्ने सोचिएको छ, मसँग कानुन बदल्ने अधिकार छ बदल्दिन्छु, ठोक्दिन्छु, हान्दिन्छु, मलाई चिन्ता लागिरहेको छ, जसरी काम भइरहेको छ यसले ठिक ठाउँमा लाँदैन। उनले थपे, मन लागे कानुन बनाउँछु नलागे बनाउँदिन भन्न पाईदैन ।

सरकारले अध्यादेश ल्याउँदा जनताले चुनेका जनप्रतिनिधि र सदन मार्फत ल्याउनु पर्नेमा उनले जोड दिए । उनले भने, ‘सरकारले अध्यादेश ल्याउन पाउँछ,  सरकारले अध्यादेश ल्याएर शासन गर्न पाइँदैन भन्दिनँ, हिजो हामीले पनि ल्याएका हौँ, संविधानले अधिकार दिएको छ, कहिलेकाहीँ कार्यकारीले आवश्यकताअनुसार काम गर्नको लागि ल्याउँछ।

तर त्यसको पनि एउटा आधार हुन्छ। उनले सरकारले भदौ २४ को वितण्डाबारे छानबिन गर्न आयोग गठन गर्ने कुरामा आनाकानी गरिरहेको बताएका छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्