स्रोत नखुलेको रकम सहित भारतीय नागरिक पक्राउ
मोरङ । स्रोत नखुलेको २६ लाख ९८ हजार रकमसहित एक भारतीय नागरिक लगाएत दुई जना पक्राउपरेका छन् ।
जिल्ला प्रहरी कार्यालयकी प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले विराटनगर विमानस्थलबाट शनिबार काठमाडौँ जान लागेका अवस्थामा भारतको माल्दा जिल्ला सुजागञ्ज सिन्धा चन्चलाका ३६ वर्षीय मोहिदिल अलीलाई रु १५ लाख ९८ हजारसहित पक्राउ गरिएको जानकारी गराएकाी छिन् ।
उनले शुक्रबार धरान उपमहानगरपालिका–१८ का ३५ वर्षीय दिलीप तामाङलाई सोही विमानस्थलबाट स्रोत नखुलेको रु ११ लाख रकमसहित पक्राउ गरिएको जानकारी गराएकी छिन् । प्रहरीका अनुसार दुवै जनाबारे थप अनुसन्धान भइरहेको छ ।
