sevenstartv.com २० वैशाख २०८३, आइतवार

छोटो अवधिभित्र सही निष्कर्षका साथ द्वन्द्वका अन्तिम किस्ता पनि व्यवस्थापन भइसक्यो भन्ने सन्देश दिन्छौं : प्रधानमन्त्री ओली

३० साउन २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी टिआरसी विधेयक पारित हुँदै गर्दा खुशी व्यक्त गरेका छन् । सर्वसम्मत समितिबाट पारित भएको टिआरसी प्रतिनिधिभसामा पनि आज ‘फास्ट ट्रयाक’बाट पारित गरिँदै छ । 

टिआरसीमाथि संसदमा छलफल हुनुअघि आफ्नो धारणा राख्दै प्रधानमन्त्री ओलीले यसप्रति खुशी व्यक्त गरेका हुन् । उनले ढिलै भए पनि मौलिक हिसाबले द्वन्द्वलाई शान्ति प्रक्रिया हुँदै आज अन्तिम किस्ताको व्यवस्थापनका काम पनि निष्कर्ष उन्मुख रहेको बताए । 

विभिन्न ठाउँमा गाँठो परेकाले केही ढिलाइ भएको भए पनि अहिले गाँठो फुकिसकेको बताए । ‘ऐन शंसोधन गर्ने प्रक्रिया अगाडि बढाए पनि अल्झियो । केही जेलिएको थिए । तीनको गाँठो फुकाउन जरुरी थियो । अहिले संसदीय समितिबाट सर्वसम्मतिले सिफारिस आइसकेको छ । आज पारित हुँदैछ’, उनले भने, ‘हामीले पीतिडमैत्री, कुनै करकापबिना सहमितका साथ यसलाई अगाडि बढाएका छौं । यो सबै शान्ति पक्षधरका लागि खुसीको विषय हो ।’

अब यस ऐनअन्तर्गत सत्य निरुपन तथा मेलमिलाप र बेपत्ताहरूको छानबिन आयोगका पदाधिकारी पनि सर्वसम्मत हुने विश्वास व्यक्त गरे। ‘अब यसअन्तर्गत आयोगहरूमा पनि सहमति बन्छ। जसलार्य पुरा सहयोग सरकारको तर्फबाट हुन्छ।’, उनले भने, ‘र यसलाई छोटो अवधिभित्र सही निष्कर्षका साथ द्वन्द्वका अन्तिम किस्ता पनि व्यवस्थापन भइसक्यो भन्ने सन्देश दिन्छौं ।’  

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्