sevenstartv.com २० वैशाख २०८३, आइतवार

संसदीय विशेष समितिले सहकारी सञ्चालक कैदीबन्दीसँग आज पनि बयान लिने

३० साउन २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । सहकारीको रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले दुई सहकारीका सञ्चालकसँग आज पनि बयान लिने भएको छ । 

कास्कीको पोखरास्थित जेलमा रहेका सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र स्वर्णलक्ष्मी सहकारीका सञ्चालक भविश्वर अर्यालसँगको बयान मंगलबार नसकिएकाले आज पनि लिन लागिएको बताइएको छ ।  छानबिन समितिको बैठक केही बेरमा शुरु हुनेछ । 

समितिले जेलमा रहेका पाँचजनालाई झिकाएर बयान लिइसकेको छ । थप दुई जनाको बयान लिने क्रम जारी छ । समितिले अहिलेसम्म जेलमा रहेकासहित सहकारीको रकम अपचलन मुद्दामा जोडिएका १७ जनाको बयान लिइसकेको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्