sevenstartv.com २० वैशाख २०८३, आइतवार

काठमाडौं विश्वविद्यालयको उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुंग्याउन पदाधिकारीले गराए ध्यानाकर्षण

सिफारिसमा ढिलाइ हुँदा समितिको कार्यक्षमता एवं निष्पक्षता माथिसमेत प्रश्न उठ्न थालेको तर्क

१४ फागुन २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुंग्याउन विश्वविद्यालयका पदाधिकारीले उपकुलपति खोज तथा सिफारिस समितिको ध्यानाकर्षण गराएका छन् ।

विश्वविद्यालयका १३ जना पदाधिकारीले संयुक्त रूपमा पत्र पठाउँदै विश्वविद्यालयको उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुंग्याउन ध्यानाकर्षण गराएका हुन् । उपकुलपति सिफारिसमा ढिलाइ हुँदा समितिको कार्यक्षमता एवं निष्पक्षता माथिसमेत प्रश्न उठ्न थालेकाले यो प्रक्रिया यथाशीघ्र टुंग्याउनुपर्ने ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

उपकुलपति छनोटका लागि बनाइएका कार्यविधि तथा मापदण्डका आधारमा तीन जनाको नाम कुलपतिसमक्ष सिफारिस हुने विश्वास पनि व्यक्त गरिएको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्