sevenstartv.com २० वैशाख २०८३, आइतवार

परराष्ट्रमन्त्री राणा र राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्तबीच भेटवार्ता

मानवअधिकारको रक्षा र प्रवद्र्धनमा नेपालको प्रतिबद्धता व्यक्त

१४ फागुन २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकसँग जेनेभामा भेटवार्ता गरेकी छन् । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८ औं उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहेकी मन्त्री देउवाले बुधबार साइडलाइन भेटवार्ताका क्रममा उच्चायुक्तसँग भेटवार्ता गरेकी हुन् ।

भेटका अवसरमा परराष्ट्रमन्त्रीले नेपाल मानवअधिकारको संरक्षण र प्रवद्र्धनमा विश्वकै उदाहरणीय एवं पथप्रदर्शक राष्ट्र रहेको भन्दै सीमित स्रोत र साधनका बाबजुद पनि मानवअधिकारको रक्षा र प्रवद्र्धनमा नेपाल प्रतिबद्ध रही आएको बताइन् ।

उनले नेपालको वर्तमान संविधानले नागरिक स्वतन्त्रताका साथै नागरिकका राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरूलाई मौलिक अधिकारका रुपमा व्यवस्था गरेको जानकारी गराउँदै नेपाल सरकार लोकतान्त्रिक मूल्यमान्यता, कानुनी शासन र न्यायपालिकाको स्वतन्त्रताप्रति पूर्ण रुपमा प्रतिबद्ध रहेको स्पष्ट पारीन् । 

मन्त्री देउवाले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न संक्रमणकालीन न्यायसम्बन्धी कानुनको निर्माण गरेर नेपाल सरकार तदारुकताका साथ अघि बढेको जानकारी दिँदै संक्रमणकालीन न्यायलाई छिट्टै टुंग्याउने प्रतिबद्धता पनि व्यक्त गरीन् । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्