sevenstartv.com २१ वैशाख २०८३, सोमवार

तीन संसदीय समितिको बैठक बस्दै

१० माघ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । तीन संसदीय समितिको बैठक आज बस्ने भएको छ । 

कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग छलफल हुनेछ। बिहान ११ बजे बस्नेछ । 

बिहान साढे ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा नेपाल मेडिकल व्यवसायी संघ र नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरूसँग छलफल हुनेछ । 

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ । बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि दफावार छलफल हुनेछ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्