sevenstartv.com २१ वैशाख २०८३, सोमवार

सुशासनको पक्षमा गर्ने हरेक कार्यमा मेरो साथ छ : मुख्यमन्त्री बानियाँ

२१ वैशाख २०८३, सोमवार स्टार संवाददाता

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर र कार्यालयहरूमा छापा मारेकोप्रति आपत्ति जनाएका छन् । मुख्यमन्त्री बानियाँले एक विज्ञप्ति जारी गर्दै राज्यको जुनसुकै निकायले अनुरोध गर्दा आफू भौतिक रूपमा नै उपस्थित हुने अवस्थामा छापा मारिएको कार्य प्रति आपत्ति जनाएका हुन् ।

उनले आफुले लामो समय राजनितिमा बिताएको उल्लेख गर्दै देशको सुशासन, पारदर्शिता, भ्रष्टाचारमुक्त देश निर्माणका लागि आफु सधै दत्तचित्त भएर लागि पर्ने बताएका छन् । मुख्यमन्त्री बानियाँले आफूले जुनसुकै अनुसन्धानमा पनि सघाउने उल्लेख गर्दै राज्यको एक जिम्मेवार पदाधिकारीको हैसियतले संवैधानिक र कानूनी दायरामा रहेर गरिने हरेक अनुसन्धानमा आफ्नो पूर्ण समर्थन र सहयोग रहेने स्पष्ट पारेका छन् ।

आफ्ना शुभेच्छुक र शुभचिन्तकलाई चिन्तित नहुन पनि आग्रह गर्दै उनले अनुसन्धानमा सघाउन आफुले सहजता बनाइ दिने बताएका छन् । विभागले सोमबार उनको हेटौंडास्थित घर र व्यवसाय एवं काठमाडौंको नक्साल र सुन्धारामा रहेको कार्यालयमा छापा मारेको थियो ।

मुख्यमन्त्री बानियाँले आफु बागमती प्रदेश सरकारको सार्वजनिक कार्य सञ्चालनमा खर्च कटौतीका साथै आर्थिक मितव्ययीताका लागि निरन्तर काम गर्दै आएको  स्पष्ट पार्दै आवश्यकता र औचित्यतामा आधारित योजना तथा कार्यक्रम र बजेटमा पारदर्शितालाई नीतिगत रूपमा अगाडि बढाइएको बेहोरा सबैको जानकारीमा रहेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

उनले राज्यको जुनसुकै तहले सुशासनको पक्षमा गर्ने हरेक कार्यमा आफुले सहयोग गर्न तत्पर रहेको प्रष्ट पारेका छन् ।  राजनैतिक र व्यावसायिक जीवनका बारेमा गरिने छानबिनलाई आफुले सकारात्मक रूपमा लिएको लिएको बताउँदै उनले भनेका छन्, विभिन्न सञ्चार माध्यममा आएको समाचार अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नाममा गरेको छापामारीले मेरो व्यक्तिगत एवं सामाजिक चरित्रमाथि आघात पुगेको महसुस भएको छ ।’

मुख्यमन्त्री बानियाँ नेपाली कांग्रेस बागमती प्रदेश सभापतिको भुमिकामा समेत रहेर काम गरि रहेका छन् । बानियाँ केही वर्षअघिसम्म निर्माण व्यवसायी कम्पनीमा आबद्ध थिए । मुख्यमन्त्री बानियाँको घरबाट केही कागजातहरू र प्रमाण संकलन गरी सर्जिमिनसहित मुचुल्का समेत गरिएको स्रोतले बताएको छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्