sevenstartv.com २१ वैशाख २०८३, सोमवार

इँटा उद्योगमा ट्याक्टरले ठक्कर दिंदा २ जनाको मृत्यु , एक जना गम्भीर घाइते

२१ वैशाख २०८३, सोमवार स्टार संवाददाता

काठमाडौं । कञ्चनपुरमा इँटा भट्टामा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते छन् । इँटा उद्योगमा ट्याक्टरले ठक्कर दिंदा भारतको उत्तरप्रदेश, बहराइच जिल्ला बस्ने २७ वर्षीय अजय कुमार र ९ वर्षीय पवन कुमारको मृत्यु भएको  प्रहरीले बताएका छन् ।

इँटा उद्योगमा ट्याक्टरले ठक्कर दिंदा भारतको उत्तरप्रदेश, बहराइच जिल्ला बस्ने २७ वर्षीय अजय कुमार र ९ वर्षीय पवन कुमारको मृत्यु भएको  प्रहरीले जानकारी दिए । उनकाअनुसार घाइते अवस्थामा उपचारका लागि धनगढी ल्याइएका उनीहरू मध्ये अजयको सेती प्रादेशिक अस्पताल र पवनको नवजीवन अस्पतालमा मृत्यु भएको हो । यस्तै ११ वर्षीया घुर्रा कुमार गम्भीर घाइते छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

 घटनापछि चालक फरार छन् । उनको परिचय खुलेको छैन् । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्