sevenstartv.com २१ वैशाख २०८३, सोमवार

कानुन संशोधन गर्न सरकारलाई के कुराले रोक्यो भनी प्रश्न गर्दै ,सुहाङ नेम्वाङ

२१ वैशाख २०८३, सोमवार स्टार संवाददाता

 काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले अध्यादेश ल्याउने विषय र सुकुमवासी नागरिकका विषयमा कमजोरी भएको केही बताएका छन् ।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले पुराना कानुनलाई संशोधन गर्न र खारेज गर्न सरकारलाई के ले रोक्यो भनी प्रश्न गरे । संसद् र समिति दुवैमा उल्लेखनीय उपस्थिति छ ।  त्यो हुँदाहुँदै पनि अध्यादेशको बाटो किन रोज्यौं  किनभने हामी जुन गन्तव्यमा पुग्दैछौं, आत्मालोचना र आत्मसमीक्षा जरुरी छ । यस्तो अवस्थामा संविधानसम्मत ढंगले जनताको सर्वोच्च थलो संसद्बाट बहस गरेर आवश्यक कानुन बनाउन, पुराना कानुन संशोधन र खारेज गर्न कुन कुराले रोक्यो  उनले भने ।

संसद् छलेर अध्यादेश ल्याउने अभ्यासले लोकतान्त्रिक मूल्यमान्यता, संसदीय अभ्यास र संवैधानिक मर्यादालाई कमजोर बनाउने धारणा सांसद नेम्वाङको थियो । त्यस्तै उनले सुकुम्वासी समस्याको समाधान गर्नुपर्नेमा दुईमत नरहेको बताए । 

संविधानसम्मत, कानूनसम्मत, मानवीय र वैकल्पिक व्यवस्था तथा पुनस्थापनासहित व्यवस्थापन हुनुपर्छ उनको भनाइ थियो ।

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्