आज सुनको भाउ सामान्य गिरावट, चाँदीको बढ्यो
काठमाडौं । आज सुनको भाउ तोलामा सामान्य घटेको छ । सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुन तोलामा ३ सय रुपैयाँले घटेर दुई लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ भने २० रुपैयाँ बढेको छ ।
चाँदी तोलामा २० रुपैयाँले बढेर ५ हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ ।
