सरकार व्यापारी र उद्योगपति बन्न हुदैन : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार व्यापारी र उद्योगपति बन्न नहुने बताएका छन् ।
वैदेशिक सहयोगको अर्थ राजनीतिबारे गोविन्द पोखरेल नेतृत्वको पार्टीको आर्थिक नीति तथा योजना विभागले गरेको गोष्ठीमा सभापति देउवाले विगतमा पनि विभिन्न सरकारले लिएका नीतिहरुको विरोध भएकाले व्यापारी र उद्योगपति बन्न नहुने बताएका हुन् ।
एमसिसी संसदबाट पास गर्ने बेलामा विरोध भएको स्मरण गर्दै सभापति देउवाले अनुदान सहयोगबाट नेपाललाई फाइदा नै भएको दावी गरे ।
