sevenstartv.com २१ वैशाख २०८३, सोमवार

समपूरक अनुदान सम्बन्धी कार्यविधि पास, सामाजिक सञ्जाल सम्बन्धी विधेयक संसदमा पेश गर्न सरकारको स्वीकृति

९ माघ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । सरकारले समपूरक अनुदान सम्बन्धी कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ ।

बुधबार सिंहदरबारमा यही माघ ७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले समपूरक अनुदान सम्बन्धी कार्यविधि २०८१ र विशेष अनुदान सम्बन्धी कार्यविधि २०८१ स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिएका हुन् । 

उनले सहलगानी सम्बन्धी कार्यविधि २०७७ र कोभिड १९ को महामारीबाट प्रभावित अतिविपन्न परिवार नगद हस्तान्तरण कार्यविधि २०७८ खारेज गर्ने निर्णय पनि भएको बताए ।

बैठकले एसियाली विकास बैंकको बैकल्पिक कार्यकारी निर्देशक पदमा नियुक्तीका लागि नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाललाई मनोनयन गर्ने पनि निर्णय गरेको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्