sevenstartv.com २१ वैशाख २०८३, सोमवार

बढेको सिमेन्टको मूल्यमा हस्तक्षेप गर्न सांसद्हरुको माग

९ माघ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । संघीय संसद अन्तर्गतको सार्वजनिक लेखा समितिले बढेको सिमेन्टको मूल्यमा हस्तक्षेप आवश्यक रहेको बताएको छ ।

समितिमा बुधबार सिमेन्टको मूल्य बढेको विषयमा छलफल भएको थियो । समितिले हाल सिमेन्टको मूल्यमा अस्वाभाविक मूल्य वृद्धि भएको निष्कर्ष निकालेको छ । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आवश्यक अध्ययन गरी अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गर्न निर्देशन दिने निर्णय गरेको छ । साथै, मूल्यको विषयमा आवश्यक अध्ययन गरी सात दिनभित्र जवाफ पेस गर्न समेत निर्देशन दिएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्