sevenstartv.com २१ वैशाख २०८३, सोमवार

‘राइट टु प्रोटिन रन हाफ म्याराथन’ को आयोजना

९ माघ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएसनले आगामी शनिबार ‘राइट टु प्रोटिन रन हाफ म्याराथन’ को आयोजना गरेको छ । 

बुधबार एशोसिएसनले पत्रकार सम्मेलन गर्दै  ‘राइट टु प्रोटिन रन हाफ म्याराथन’ माघ १२ गते बिहान ६ः३० बजे दशरथ रंगशालाबाट सुरु भई सोही स्थानमा आई दौड कार्यक्रम समापन हुने जनाएको हो । कार्यक्रममा विभिन्न विधामा आठ हजार भन्दा बढी व्यक्तिले सहभागीताको लागि रजिष्ट्रेशन गरेका छन् । 

प्रोटिन माथिको अधिकारको मर्मलाई आत्मसाथ गर्दै नागरिकलाई स्वस्थ राखी राष्ट्रिय प्रतिष्ठा अभिवृद्धि एवं राष्ट्रिय एकता कायम खाद्य सुरक्षाको हक सुनिश्चित गर्न म्याराथन आयोजना गरेको जनाएको छ । सहभागीता र पुरस्कार राशीका हिसाबमा नेपालकै सब भन्दा ठूलो प्रतियोगिता रहने यो म्याराथन विगत ३ वर्षदेखि आयोजना हुँदै आएको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्