पूर्वराजा ज्ञानेन्द्र शाह भोलि लुम्बिनी जाने
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह भोलि गौतम बुद्धको जन्मस्थल लुम्बिनी जाने भएका छन् ।
शाह लुम्बिनीमा आयोजित एक पूजा कार्यक्रममा सहभागी हुन लुम्बिनी जान लागेका हुन् ।
बुद्धको जन्मस्थल लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा उनी सरिक हुने बताइएको छ ।
