संसद् बैठक स्थगित गरेर अध्यादेश ल्याउनु आपत्तिजनक : कांग्रेस
काठमाडौं । सरकारले संसद् बैठक स्थगित गरेर अध्यादेश ल्याएकोप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेसका प्रवक्ता देवराज चालिसेले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारले ल्याएको अध्यादेशले लोकतान्त्रिक मूल्य मान्यता, संसदीइ मर्यादा र संवैधानिक प्रक्रियाको दृष्टिले आपत्तिजनक रहेको उल्लेख गरेको छ।
जारी विज्ञप्तिमा भनिएको छ, नेपाल सरकारद्वारा संसद् स्थगित गरी अध्यादेशमार्फत कानुन निर्माण गर्ने कदमप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । सरकारको यस प्रकारको अभ्यास लोकतान्त्रिक मूल्य, संसदीय मर्यादा र संवैधानिक प्रक्रियाको दृष्टिले अत्यन्त आपत्तिजनक रहेको कांग्रेसठहर छ ।’
