बुटवलमा स्कुटर दुर्घटनामा २ जनाको मृत्यु, एकजना घाइते
काठमाडाैं । तीन जना चढेको स्कुटर दुर्घटना हुँदा बुटवलमा दुई जनाको मृत्यु भएको छ । मंगलबार साँझ ७ बजेतिर भएको दुर्घटनामा घाइते दुवै युवतीको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
पाल्पाको नुवाकोटबाट बुटवल आउँदै गरेको लु ३४ प ५७६६ नम्बरको स्कुटर ओरालो सडकमा अनियन्त्रित भएर पल्टिँदा कपिलवस्तु बाणगंगा नगरपालिका ७ की १९ वर्षीया निशा कुँवर र बुटवल उपमहानगरपालिका ११ कालिका नगरकी १८ वर्षीया पूर्णीमा मगरको मृत्यु भएको हो । मंगलबार साँझ ७ बजेतिर भएको दुर्घटनामा घाइते दुवै युवतीको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएका छन् ।
नुवाकोटबाट फर्कने क्रमममा ओभरलोडका कारण नियन्त्रण गर्न नसकी स्कुटर दुर्घटना भएको र घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरीले जानकारी दिएका छन् ।
